कोरोनाभाइरस : क्वारेन्टाइनमा बसेका सांसद राष्ट्रपति ट्रम्पसँगै विमानमा उडे

Posted on: 10 Mar, 2020

फागुन २७, एजेन्सी | संयुक्त राज्य अमेरिकामा क्वारेन्टाइनमा बसेका दुई रिपब्लिकन कंग्रेस सदस्य(सांसद) राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा गएका छन् | उनीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)संक्रमित व्यक्तिहरुको सम्पर्कमा गएको बताइएको छ |

सोमबारबाट फ्लोरिडाका रिपब्लिकन सांसद म्याट गेट्ज र जर्जियाका डग कोलिन्सले दुई हप्ते क्वारेन्टाइन सुरु बताएका छन | दुवै कंग्रेस सदस्यले आफूमा रोगको लक्षण नदेखिएको दाबि गरे | गेट्ज सोमबार ओरलाण्डोदेखि वाशिन्टनसम्म अमेरिकी राष्ट्रपतिले चढ्ने विशेष विमान एयर फोर्स वनमा उडेको बताइएको छ | यात्राको कुनै विन्दूमा उनी संक्रमित भएको सम्पर्कमा आएको ब्ताइएको थियो | 

गेट्जको ट्वीटर अकाउन्टमा भनिएको छ,‘गेट्जमा कुनै लक्षण देखिएको छैन । उनले आज परिक्षण गराएका छन् र त्यसको परिणाम छिट्टै आउने आशा गरिएको छ,|’शुक्रबार कोलिन्सले ट्रम्पलाई हात मिलाएर एट्लान्टा विमानस्थलमा स्वागत गरेका थिए । त्यसको केहीपछि मात्र कोलिन्सले उनी कन्जरभेटिभ सम्मेलनमा संक्रमितसँग नजिकिएको जानकारी दिएका थिए | अमेरिकाको संघीय रोग नियन्त्रण तथा रोकथाम निकायले कोरोनाभाइरस प्रभावित भनेर पुष्टि भएका व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ |

चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा दर्जनौँको मृत्यु भइसकेको छ भने सयौं संक्रमित भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!