अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या १०० पुग्यो

Posted on: 10 Mar, 2020

फागुन २७, एजेन्सी | अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमण मानिसको संख्या १०० पुगेको छ | मंगलबार मात्रै नयाँ २० जनाको मृत्यु भएको स्वास्थ विभागले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ |

पहिचान भएका संक्रमितमध्ये २२ जना उपचार भएर निको भएका छन् भने तीनको मृत्यु भएको छ | अष्ट्रेलियका विभिन्न राज्यहरुमा कोरोना भाइरस फैलिएको छ, जस मध्ये न्यु साउथ वेल्समा ५ जना,क्वीन्सल्याण्डमा १२  जना,साउथ अष्ट्रेलियामा ६,तास्मानियामा २ ,भिक्टोरियामा १२ ,वेस्टर्न अष्ट्रेलियामा ४  र डायमण्ड प्रिन्सेस क्रुज जहाजमा १० संक्रमित व्यक्तिहरु भेटिएका छन् |

गत डिसेम्बरमा चिनको वुहान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी फैलिएको छ | चिनमा कोरोना भाइरसका विरामीको संख्या घट्दै गएपनि अन्य मुलुकहरुमा भने बढिरहेको छ | हाल सम्म विश्वभरी  ४ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ  |

कोरोनाभाइरस एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!