अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या दोब्बर पुग्यो

Posted on: 11 Mar, 2020

फागुन २८, एजेन्सी | चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस यतिबेला विश्वभरी फैलिएको छ | चिनमा उक्तभाइरस नयाँ संक्रमितको संख्या घट्दो अवस्थामा भएपनि विश्वका अन्य देशहरुमा भने तिब्ररुपमा बढिरहेको छ |

 नयाँ तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ | तीन दिन अघिको भन्दा यो संख्या दोब्बर पुगेको हो | कोरोनाभाइरसकै कारण अमेरिकामा ३१ को मृत्यु भइसकेको छ | देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ | त्यहाँ २७३ संक्रमित र २४ को मृत्यु भएको तथ्याकं आएको छ |

सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्युयोर्क छन् । न्यूयोर्क राज्यमा १७३लाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ | त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!