भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुग्यो

Posted on: 11 Mar, 2020

फागुन २८, एजेन्सी | भारतमा कोरोनाभाइरस(कोभिड-१९) संक्रमित हुनेको संख्या  ६१ पुगेको छ | मंगलबार मात्रै भारतको दक्षिणी राज्य केरलामा मात्रै आठ जना संक्रमित व्यक्तिको पहिचान भएको छ | पुणे र कर्नाटकको ३–३ संक्रमित भेटिएका छन् |

भारत सरकारले भाइरसको जोखिमलाई मध्येनजर गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकहरुको समेत प्रवेश निषेध गरेको छ | यी देशका नागरिकहरुलाई पूर्णरुपमा प्रवेशमा रोक लगाएको भारतीय संचारमाध्यहरुले जनाएका छन् |

भारतको आप्रवासन व्युरोले मंगलबार राती एक सूचना जारी गर्दै भिजा पाएर भारत प्रवेश नगरेका फ्रेन्च, जर्मन र स्पेनिस नागरिकको भिषा समेत निलम्बित भएको जानकारी दिएको कछ | यसअघि स्वास्थ्य मन्त्रालयले चीन, इटाली, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, स्पेनसमेत कोरोनाभाइरस प्रभावित देशमा यात्रा गर्नबाट बच्ने सल्लाह दिइसकेको छ |

गत डिसेम्बरमा चुनको वुहानबाट सुरु भएको कोरोनाभाइरस हाल विश्वभरी फैलिएको छ | एक लाख भन्दा बढी मानिसमा उक्त भाइरस संक्रमण देखिएको छ भने ४ हजार भन्दा बढीको ज्यान गैसकेको छ | पछिल्लो समय कोरोनाको उद्गम स्थल मानिएको चिनमा नयाँ संक्रमित विरामीको संख्या घटेपनि अन्य देशहरुमा तिब्ररुपमा फैलिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!