भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रतिबन्ध लगायो

Posted on: 12 Mar, 2020

फागुन २९, एजेन्सी | भारतले भोलिबाट लागुहुने गरि विदेशबाट भारत आउने सम्पूर्णलाई प्रतिबन्ध लगाएको छ | विश्वभरी फैलिएको कोरोनाभाइरसले महामारीकोरुप लिएपछि भारतले प्रतिबन्ध लगाएको हो | अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ |

केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीको नेतृत्वमा बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो | यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन |

प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ | निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दुतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’

त्यस्तै आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५सम्म लागु हुनेछ | भारतको नयाँ यात्रा निर्देशिका विश्व स्थास्थ्य संगठनले कोरोनाभाइरस प्रकोपलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि आएको हो |

बुधबार मात्रै विश्वस्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरेको छ | गत डिसेम्बरमा चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण हालसम्म ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ | त्यस्तै  एकलाख १५ हजार भन्दा बढी मानिसमा उक्त भाइरसको संक्रमण देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!