चीनले भन्यो, कोरोनाको महामारी सकियो

Posted on: 12 Mar, 2020

फागुन २९, एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)को उद्गगमस्थल चिनले कोरोनाको महामारी सकिएको बताएको छ | अहिले चिनमा कोरोनाभाइरसका नयाँ संक्रमित विरामीको संख्या निकै घटेको छ |

 बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको बताएका हुन् | फेङले बताए अनुसार चीनमा अहिले संक्रतिको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको छ | 

कोरोनाभाइरसको केन्द्रबिन्दू हुवेई प्रान्तको ऊहानमा नै संक्रमितको संख्या १ अंकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको उनले जानकारी दिए | त्यस्तै हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएका थिए |

चिनमा उक्त बैर्स्का नयाँ संक्रमित व्यक्तिहरु घट्दै गएपनि अन्य देशमा भने बढ्दै गएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!