अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेटेर फर्किएलगत्तै ब्राजिलका उच्च अधिकारीलाई कोरोना संक्रमण

Posted on: 12 Mar, 2020

फागुन २९, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर फर्किएका ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना संक्रमण भएको बिबिसीले समाचार अपडेट गरेको छ । 

अघिल्लो शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गरेर फर्किएका ब्राजिलका राष्ट्रपति बोल्सोनाराको स्वकीय सचिव  फाबियो वाजन्गार्टेनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनले राष्ट्रपति ट्रम्पसँग सँगै बसेर तस्बिर पनि खिचेका थिए । त्यतिमात्र उनको टोली राष्ट्रपतिसँगको भोजमा समेत सहभागी भएको थियो । ब्राजिलका राष्ट्रपति बोल्सोनाराको अमेरिका भ्रमणको टोलीमा सहभागि उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग पनि भेटवार्ता गरेका थिए ।

ब्राजिल फर्किएलगत्तै उनलाई फ्लुको जस्तो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणलगत्तै उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकहरुले कोरोना संक्रमण भएको पुष्टि गरेको भन्दै बीबीसीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!