अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि

Posted on: 13 Mar, 2020

फागुन ३० एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)को संक्रमण अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि भएको छ | बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो |

शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ | संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् भने, उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ | मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए |

कोरोनाभाइरस संक्रमण हुने डटन अष्ट्रेलियन सरकारका उनी पहिलो व्यक्ति हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!