बेलायतमा कोरोनाभाइरसका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या दोब्बरले बढ्यो

Posted on: 15 Mar, 2020

फागुन २, एजेन्सी | कोरोनाभाइरसका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ जना पुगेको छ | यस अघि उक्त भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको थियो | योसँगै वेलायतमा पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या दोब्बर बढेको हो |

बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ सय ४० पुगेको छ | संक्रमित र मृतकको बढ्दो संख्यालाई ध्यानमा राख्दै बेलायती सरकारले बेलायती कम्पनीहरूलाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको उत्पादनमा वृद्धि गर्न भनेको छ | 

उत्पादकहरूसँग सोमबार कन्फ्ररेसन गर्दै बेलायती प्रधानमन्त्रीले उनीहरूलाई संक्रमणको नियन्त्रण र रोकथामको राष्ट्रिय प्रयास जोडिन आग्रह गरेका हुन् | यसैगरी कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!