साउदी अरब र रूसबीच 'तेल युद्ध' किन सुरु भयो ?

Posted on: 15 Mar, 2020

एजेन्सी | संसारको अर्थव्यवस्था दोहोरो मारमा परिरहेको छ । एक कोरोना भाइरस र अर्को तेलको बिषयलाई लिएर शुरू भएको विवाद । साउदी अरव र रूस बीच शुरु भएको विवादले कच्चा तेलको मूल्य घटेको छ । 

तेलमा अमरीका आत्मनिर्भर बनेपछि रूस र साउदी अरबमा तेलको उत्पादनलाई लिएर विवाद शुरू भएको छ । साउदी अरबले मूल्य बढाउने उद्देश्यले तेल उत्पादनमा कटौती गरेको थियो । तर यसैबीचमा रूसले साउदीको योजना विफल बनाउने गरि काम गरिदियो । रूसले तेल उत्पादक देशहरुको संगठन ओपेकलाई सहयोग गर्न बन्द गरिदियो । भनिएको छ कि रूसले एसियाली देशलाई तेल निर्यात गर्नमा साउदी अरबलाई चुनौती दिंदैछ । 


समाचार एजेन्सी रोयटर्सको अनुसार रूसको कदमलाई बुझेर साउदीले अब कच्चा तेल २५ डलर प्रति ब्यारलसम्ममा बेच्ने तयारी गरेको छ । 

कोरोना भाइरसको चुनौतीकै बीच शुक्रवार तेलको मूल्य सन् 2008 को मूल्यमा झरेको छ । कोरोनाको कारण कच्चा तेलको माग र आपूर्तिमा समेत सन्तुलित अवस्था छैन ।  

डिसेम्बर 2016 मा रूस र साउदी अरबले भियनामा ११ गैर-ओपेक देश (अब १० देश बाँकी) र ओपेक देशहरुको बीच एक सम्झौतामा हस्ताक्षर गरेको थियो । यस सम्झौताको उद्देश्य थियो कि तेलको मूल्यलाई स्थिर राखिने र कम हुन नदिने ।  शुरुवातमा यो सम्झौता ६ महिनाको लागि थियो तर पछि समय सीमा बढाइयो । जसलाई ओपेक प्लस भनिएको थियो । 

डिसेम्बर 2019 मा यो सम्झौतालाई अप्रिल २० सम्म बढाइएको थियो र आशा गरिएको थियो कि यो सम्झौता थप जारी रहनेछ । 

यसै बीच रूस र साउदी अरबले आ-आफ्नो आर्थिक हितमा कयौं सम्झौतामा हस्ताक्षर गरे । तर ६ मार्चमा  साउदी अरबले रूसलाई तेल उत्पादनमा कटौतीको प्रस्ताव राख्यो, ताकि मागको हिसावमा मूल्य स्थिर राख्न सकियोस् । 

रूसले साउदीको उक्त मागको खारेज मात्र गरेन, पहिलेको जस्तै रुसले सम्झौतामा नरहने फैशला लियो । जसको कारण ओपेक प्लस टुट्न पुग्यो । यहीं कारणले रूस र साऊदी अरबबीच तेलको विषयलाई लिएर विवाद शुरू भयो । 

संचार रिपोर्टसका अनुसार साउदी अरबले तनावलाई हेरेर चीन र भारतमा तेल खरिदकर्तासँग सम्बन्ध बलियो बनाउन चाहन्छ । अहिले रूसी तेलको माग निकै कम गर्दै साउदी अरबले आफ्नो पार्टनर देशलाई तेल धेरै सप्लाई दिन तयार देखिएको छ ।

रुससंग बदला लिनको लागि साउदीले मात्र नभई खाडीका अन्य देशहरुले समेत तेल उत्पादनमा बढावा दिन खोजेको बताइएको छ । रूसको ऊर्जामन्त्री एलेक्जेन्डर नोवाकले शुक्रवार भने अनुसार रुसले ओपेक प्लस देशसंग कुरा गर्ने कुनै कारण नरहेको भन्दै रुसले अप्रिलदेखि आफ्नो तेल उत्पादनलाई बढाएर हरेक दिन दुई लाख ब्यारल उत्पादन गर्नेछ । त्यस्तै साउदी अरबको  लक्ष्य अप्रिलमा २०.६ लाख ब्यारल प्रतिदिन तेलको उत्पादन गर्नु रहेको छ । 

GETTY IMAGE

साउदीले तेल उत्पादन बढाउने लक्ष्य लिएसंगै कोरोना भाइरसको कारण गिर्दै गएको संसारको अर्थव्यवस्थाका बीच तेलको मूल्य अझै घट्ने बताइएको छ । अहिले कच्चा तेलको मूल्य ३३ डलर प्रति ब्यारल रहेको छ । 

रुस र साउदीबीच तेल युद्द चल्नुको कारण तेलको मूल्य घट्ने र त्यसको प्रभाव अमेरिकालाई पर्ने समेत विश्लेषण गरिएको छ । तेलको मूल्य कम हुँदा अमरीकालाई आर्थिक नोक्सानी हुन्छ । यसैलाई हेरेर रुसले ओपेकसंगको सम्बन्ध तोडेर तेलको मूल्य झार्ने रणनीति लिएको आंकलन गरिएको छ । रुसले आफ्नो अर्थतन्त्र बलियो बनाएर १० बर्षसम्म तेलको मूल्य गिर्दा समेत कुनै असर नपर्ने अवस्था बनाएकोले यस्तो निर्णय लिएको बताइएको छ । 

रूसले भनेको छ कि यदी तेलको मूल्यमा गिरावट जारी रहेमा हामी आफ्नो नेशनल वेल्थ फन्डबाट १५० अरब डलर निकालेर बजेट सम्हाल्नेछौं । गत साता कच्चा तेलको मूल्य ३० डलर प्रति ब्यारल थियो । यदी यो घटेर २७ डलर प्रति ब्यारलको औसतसम्म आयो भने रूसले आफ्नो बजेट सन्तुलन गर्नको लागि हरेक बर्ष फन्डबाट २० अरब डलर निकाल्नेछ । 

रूसको अनुमान छ कि कच्चा तेल यदी सस्तो बन्यो भने अमेरीकी कम्पनिहरु डुब्नेछन् वा अर्को तरिकाले बचाउनुपर्ने बाध्यता अमेरिकालाई पर्नेछ । अमेरीकी तेल बजारलाई झट्का दिएर रूस अमेरिकाको तेलमा आत्मनिर्भर भएको ताकतलाई कमजोर बनाउन चाहन्छ, जसबाट अमेरिकाले कुनै पनि देशलाई मनपरी प्रतिबन्ध लगाउदै आएको छ । 

SPUTNIK/AFP VIA GETTY IMAGES

रूसको यो योजनाले अमेरीकाको कर्पोरेट ऋण बजारलाई प्रभाव छाड्न सक्ने अनुमान गरिएको छ र शेल आयल बनाउने कम्पनिहरु डुब्न सक्छन् । त्यसो त साउदी अरबसँग पनि त्यति बजेट छ कि यदी तेलको मूल्य कम भएमा पनि उसले आफ्नो देशको अर्थव्यवस्थालाई सम्हाल्न सक्छ । तर साउदीको वित्तीय घाटा पहिलेनै बार्षिक ५० अरब डलर छ । यदी तेलको मूल्यमा गिरावट आएमा उसको घाटा बढेर ७० देखि १२० अरब डलर पुग्न सक्छ ।

तर सऊदीले मूल्य घटे पनि तेल उत्पादनलाई बढाएको खण्डमा आफूलाई सन्तुलित राख्न सक्ने पनि बताइएको छ । यसै बिषयलाई मध्ये नजर गर्दै साउदीले तेलको भाउ घटेपनि तेल उत्पादन थप बढाउने निर्णय लिएको हुन सक्छ । 

साउदीले आफ्नो निर्यात ७० लाख ब्यारल प्रति दिनबाट बढाएर ९० लाख ब्यारल वा त्यस भन्दा बढी बनाउनेछ । यसले साउदीलाई अहिले जति पैसा तेलबाट पाईरहेको छ त्यसैको हाराहारीमा पैसा पाउनेछ । रूसले साउदीलाई सहयोग नगरे पनि बजारमा साउदीको तेलको माग थप बढ्ने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!