अष्ट्रेलियामा विदेशी जहाँजलाई प्रतिबन्ध, प्रवेश गर्नेले दुई साता क्वारेन्टाइन बस्नुपर्ने

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौं | विश्वभरी कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि आवश्यक सतर्कता अपनाउन सबै देशहरुले सक्दो प्रयास गरिरहेका छन् | त्यस्तै अब अष्ट्रेलिया प्रवेश गर्ने हरेकले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ |

अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन हुन् | न्युजिल्याण्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो कडाइ  गरेको छ | यो संगै अष्ट्रेलियाले पनि भाइरसको संक्रमण थप बढ्न नदिनका लागि उच्च सतर्कता अपनाउन लागेको हो |

आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्तिले  क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | त्यस्तै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी जहाजलाई प्रतिबन्ध लगाइएको छ | यधपी विद्यालयहरु भने नियमितरुपमा संचालन हुनेबताइएको छ |

हाल सम्म अष्ट्रेलियामा कोरोनाभाइरसका कारण ३ जनाको ज्यान गएको छ भने २५०  जनामा संक्रमण देखिएको छ | भाइरसलाई पूर्णरुपमा रोक्न नसक्ने भए पनि सुस्त बनाउन सरकारले प्रयास गरिरहेको प्रधानमन्त्रीले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!