अमेरिकाले गर्यो इराकका तीन सैन्य बेसबाट सेना हटाउने निर्णय

Posted on: 17 Mar, 2020

चैत ४, एजेन्सी | इरान र इरानसँग अमेरिकाको तनाब बढिरहेका बेला अमेरिकाले इराकमा रहेको अल काइम र अन्य दुई सैन्य बेसबाट सेना हटाउने निर्णय गरेको छ |  हाल इराकमा रहेका आठमध्ये तीन बेसबाट हट्ने निर्णयलाई अमेरिकाले इराकमा आफ्नो ‘पदचाप’ बिस्तारै कम गर्ने रणनीतिको रुपमा बताइएको छ |

अल काइममा एक औपचारिक समारोहका बीच अमेरिकाले उपकरणहरुलाई इराकी सेनालाई हस्तान्तरण गर्ने बताएको छ | योसँगै सिरियाको सीमामा इराकपट्टी अमेरिकाको उपस्थिति अन्त्य हुनेछ | यो बेस इराकको सबैभन्दा पूरानो रेलवे स्टेसनमा बनाइएको थियो |

यो सन् २०१४ मा इस्लामिक स्टेटको कब्जामा पुगेको इराकको पहिलो ठाउँ थियो । सन् २०१७ को नोभेम्बरमा इराकी सेनाले यसमा पुनः नियन्त्रण कायम गरेका थिए | इस्लामिक स्टेटमाथिको जीतपछि इरानसमर्थित  मिलिसिया समुहले सीमाको दुवै क्षेत्रमा नियन्त्रण बनाएका छन् |

अल काइममा इराकी सुरक्षा बलको उपस्थित रहे पनि यस क्षेत्र पपुलर मोबिलाइजेसन फोर्स (पीएफएफ) को नियन्त्रणमा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!