दिल्ली बलात्कार काण्ड: चार दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा धन्यावाद ज्ञापन

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । उनीहरूलाई शुक्रवार बिहान मृत्युदण्ड दिईएको हो । 

सात बर्ष अघिको बलात्कार काण्डमा दोषी ठहरिएकाहरुलाई दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार शुक्रबार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको छ ।

Photo: Delhi Police

उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले सन्तोष प्रकट गरेका छन् । पिडित महिलाका आमाले आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहेको बताइएकी छन् । उनले भनेकी चाहन 'सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ । निर्भयालाई न्याय मिल्यो।'

पिडित महिलाका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरेका छन् ।

त्यस्तै मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन् । 

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतद्वारा समेत अस्वीकार भएको थियो । 

२३ वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए। सामूहिक बलात्कार तथा हत्यापछि घटनाको विरोधमा भारतमा देशव्यापी पर्दर्शन समेत गरिएको थियो । त्यस घटनापछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन समेत कडा बनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!