विश्वमा कोरोना संक्रमण: अमेरिकाले चीनलाई उछिन्न्यो, चीन र इटालीबीच ७५१ जनाको हेरफेर

Posted on: 27 Mar, 2020

चैत १४, काठमाडौँ | अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार ३ सय ९० पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९५ पुगेको छ ।

यसका साथै अमेरिकामा एकैदिन २ सय ६८ जनाको मृत्यु भएको छ । 

उता इटालीमा संक्रमणको शंख्या ७५१ जनाले मात्रै कम छ । हालसम्म चीनमा ८१ हजार ३४० संक्रमित भेटिएकोमा इटालीमा संक्रमितको शंख्या ८० हजार ५८९ पुगेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!