अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो, न्युयोर्क सहरमै ४६ हजार संक्रमित

Posted on: 28 Mar, 2020

चैत १५, एजेन्सी | कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा बढी संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्मको आंकडा हेर्ने हो भने अमेरिकामा भाइरस संक्रमितको शंख्या १ लाख ४ हजार १४२ पुगेका छन् । 

अमेरिकामा हालसम्म १ हजार ६९६ जना कोरोना भाइरसका कारण मृत्यु भएका छन् । संक्रमितहरुको सबैभन्दा ठूलो शंख्या अमेरिकाको राजधानी न्युयोर्कमा सर्वाधिक छ । उक्त सहरमा मात्र ४ हजार ६९६ जना संक्रमित भएका छन् भने ६०६ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा भाइरस संक्रमितको शंख्या ८ हजार ८२५ पुगेको छ । 


त्यस्तै इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!