कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामै २ लाख बढी संक्रमित

Posted on: 01 Apr, 2020

चैत १९, काठमाडौँ | विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ५७० पुगेको हो । 

यस्तै यो समाचार तयार पार्दासम्म ४५ हजार ५३६ जनाको मृत्यु भइ एको छ । 

यसैगरी १ लाख ९० हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 


कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एकै दिन १६ हजार ५०५ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म २ लाख ५ हजार ३५ जनामा कोरोनाको संक्रमण भईसकेको छ भने हालसम्म ४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र कोरोना संक्रमितको शंख्या ८३ हजार ७२१ पुगेको छ । 

हेर्नुहोस् अमेरिकाको बिभिन्न सहरमा कोरोना संक्रमणको पछिल्लो अवस्था: 

यस बिषयमा तपाइको प्रतिक्रिया...!