अमेरिकामा हरेक चार जनामा एकलाई कोरना संक्रमण, मृत्युको संख्या १६ हजार नाघ्यो

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी समेत गरेका छन् । उनको दावीलाईनै मान्ने हो भने पनि अमेरिकामा रहेका हरेक चार जना मध्ये १ जनालाई कोरोनाको संक्रमण देखिएको छ । 

बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ । 

विश्व संक्रमणमा सबैभन्दा अग्र स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६८ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरैमा कोरोनाको नयाँ संक्रमित भेटिएका छन् । 

विश्वको अवस्थालाई मध्यनजर गर्ने हो भने विश्वमा आज बिहानसम्म १६ लाख ३ हजार ७१९ पुगेको छ । विश्वमा हालसम्म कोरोना भाइरसको कारण ९५ हजार ७२२ जनाले ज्यान गुमाईसकेका छन् । विश्वभर कोरोनाबाट मुक्त हुनेको शंख्या भने ३ लाख ५६ हजार ६५५ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!