चीनमा कोरोनाविरुद्धका दुई खोप मानिसमाथि परीक्षणको अनुमति

Posted on: 14 Apr, 2020

वैशाख २, एजेन्सी | चीनले कोरोनाभाइरस विरुद्ध तयार पारेको दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोग गर्न अनुमति दिएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन् ।

यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकेडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो ।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले सो घोषणा गरेको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् । 

न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

स्रोत: स्ट्रेटटाइम्स

यस बिषयमा तपाइको प्रतिक्रिया...!