जापानमा प्रधानमन्त्री ओलीको समर्थनमा नेपाली युबाहरुको प्रदर्सन

Posted on: 18 Jul, 2016


साउन ३, जापान । जापानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेपाली युवाहरुले प्रर्दशन गरेका छन ।

जापानको ओसाका क्षेत्र आसपासमा काम गर्ने स्वतन्त्र नेपाली कामदारहरुले ओली नेतृत्वको सरकारलाई राजिनामा नदिन आग्रह गर्दै राष्ट्रिय झण्डा सहित साँकेतिक रुपमा प्रर्दशन गरेका हुन् ।

नेपालबाट रोजीरोटीका लागि जापान पुगेका २० भन्दा बढी युवाहरुले ओसाकाको दुई किलो मिटर सडक परिक्रमा गरी बर्तमान सरकारलाई निरन्तरता दिन आग्रह गरिएको प्रर्दशनमा सहभागी भिम श्रीसले जानकारी दिएका छन् । 

‘नाकाबन्दी जस्तो संकटका बीच पनि राष्ट्रियताको पक्षमा ओलीले खेल्नुभएको भुमिका स्मरणीय छ,’उनले भने–‘नेपालीलाई सपना देख्न र काम गर्न पनि उत्प्रेरित गर्नुभएको छ ।’ जापाननमा प्रयोग गर्ने रेल, घरघरमा ग्याँस नेपालमा पनि प्रयोग भएको हेर्न चाहेको उनीहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!