चीनले साउदी अरेबिया, इथियोपिया र बुर्किनाफासोमा मेडिकल टिम पठाउने

Posted on: 15 Apr, 2020

वैशाख ३, काठमाडौँ (रासस,सिन्ह्वा) | चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।

विश्वमा कोविड १९ को महामारी विश्वव्यापी  रुपमा बढ्दो रुपमा  रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो ।

चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताउनुभयो ।

चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो ।

हाल साउदी अरेबियामा कोविड १९ को महामारी बढ्दै गएको छ । सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!