कोरोना महामारीको विश्वव्यापी असर, संक्रमितको संख्या २१ लाख नजिक (अपडेट)

Posted on: 16 Apr, 2020

वैशाख ४, काठमाडौँ | विश्वमा कोरोनाबाट संक्रमितहरुको संख्या २० लाख आघिसकेको छ । बिहिबार विहानसम्मको तथ्याँकअनुसार विश्वभर २० लाख ८३ हजार ३०४ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै एक लाख ३४ हजार ६१५ जनाको मृत्यु भएको छ । 

त्यस्तै संक्रमणबाट विश्वभर ५ लाख १० हजार ३४१ जना निको समेत भएका छन् । विश्वको देशगत तथ्यांकलाई हेर्ने हो भने अमेरिका कोरोनाको चपेटामा पर्ने पहिलो मुलुक बनेको छ । अमेरिकामा मात्र कोरोना भाइरसको कारण ६ लाख ४४ हजार ८९ जना संक्रमित भएका छन् भने २८ हजार ५२९ जनाको कोरोनाको कारण मृत्यु भईसकेको छ । अमेरिकामा कोरोना संक्रमण भई निको हुनेको शंख्या भने ४८ हजार ७०१ पुगेको छ । 

अमेरिको मुख्य सहर न्युयोर्कमा कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव रहेको छ । यो सहरमा मात्र २ लाख १४ हजार ६४८ जना कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यस्तै न्यु जर्सीमा ७१ हजार ३० जना संक्रमित भेटिएका छन् । अमेरिकाको अन्य राज्यहरुमा समेत कोरोनाको प्रभाव भयावह अवस्थामा छ । 

अमेरिका पछि कोरोनाको असर स्पेनमा छ । स्पेनमा १ लाख ८० हजार ६५९ जनामा कोरोना संक्रमण फेला परेको छ । यहाँ मृतकको शंख्या १८ हजार ८१२ रहेको छ । 

त्यस्तै इटालीमा १ लाख ६५ हजार १५५ जनामा संक्रमित भएकोमा २१ हजार ६४५ जनाको ज्यान गएको छ । 

त्यस्तै फ्रान्समा १ लाख ४७ हजार संक्रमित भएकोमा १७ हजार १६७ जनाको ज्यान गएको छ । 

उता जर्मनीमा १ लाख ३४ हजार जनामा कोरोना संक्रमण भएकोमा ३ हजार ८०४ जनाको मृत्यु भएको छ । 

त्यस्तै युकेमा १ लाख ३४ हजार ७५३ जनामा कोरोना संक्रमण भेटिएको छ भने १२ हजार ८६८ जनाको मृत्यु भएको छ । 

कोरोनाको प्रभावमा ७ औं स्थानमा रहेको चीनमा भने हालसम्म ८२ हजार ३४१ जनामा कोरोना संक्रमण भेटिएको छ भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । 

चीन पछि इरान र टर्कीमा कोरोनाको प्रभाव बढी देखिएको छ । इरानमा ७६ हजार ३८९ जनामा कोरोना संक्रमण भेटिएको छ भने टर्कीमा ६९ हजार ३९२ जनामा संक्रमण भेटिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!