आफूलाई कोरोना लागेको भन्दै प्रहरीलाई थुक्ने युवकलाई जेल सजाय

Posted on: 22 Apr, 2020

वैशाख १०, काठमाडौँ (एजेन्सी) | लण्डनमा एक युवकले आफूलाई कोरोना लागेको भन्दै प्रहरीलाई थुकेपछि उनलाई जेल सजाय हुने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । ब्रान्डन वालेस नाम गरेका २१ वर्षका ति युवकलाई घरेलु हिंसा गरेको र प्रहरीमाथि थुकेको आरोपमा ६ महिनाको जेल सजाय तोकिएको लण्डनको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

बुधबार एक वक्तव्यमा ती व्यक्तिले गत सोमबार एक महिलामाथि घरेलु हिंसा गरेको र उनको सम्पत्तिमा भौतिक क्षती पुर्याएको जानकारी दिइएको छ । पुलिसका अनुसार ती व्यक्तिले आफूलाई कोभिड–१९ को संक्रमण भएको भन्दै पुलिस भ्यानमा राख्ने क्रममा दुई प्रहरी अधिकारीलाई थुकेका थिए । उनलाई पछि प्रहरी र महिलामाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा चलाइएको थियो ।

ती व्यक्तिमा हिरासतमा रहँदा कुनै पनि प्रकारको कोरोनाभाइरसको लक्षण नदेखिएको उल्लेख छ । उनी मंगलबार बार्किङसाइड मजिस्ट्रेट कोर्टमा उपस्थित भएका थिए जहाँ उनलाई अपराधी ठहर गरी सजाय सुनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!