आजको दिन: विश्वका सवैभन्दा क्रुर शासक हिटलरको अन्त्य भएको दिन

Posted on: 30 Apr, 2020

वैशाख १८, काठमाडौँ | सन् १९४५ अप्रिल २० अर्थात आजकै दिन, बर्लिनस्थित मुख्यालमा बंकरमुनि लुकेका एडोल्फ हिटलरले आफैले आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए । उनि त्यतिबेला ५६ बर्षका थिए । 

को हुन् हिटलर ? 

अष्ट्रियामा जन्मिएका हिटलर जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा उनि सबैभन्दा अग्रपंक्तिमा गनिन्छन् । उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

हिटलर पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिएका थिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल "कु" को कारणले उनी जेलमा परेका थिए । उनि सन् १९२४ मा जेलमुक्त भए । त्यसपछि उनले भर्साइल्सको सन्धिको कडा आलोचना गरे तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भए । त्यसपछि उनले गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो । 

हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा पोल्याण्डमाथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३ मा हिटलरको केहि सैन्य निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५ मा मित्र राष्ट्रको सेनाले जर्मनी माथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिले गर्दा एघार करोड मानिसको ज्यान गयो । जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए । 

युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईताका हिटलरले आफ्नो लामो समय देखिकि प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५ मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!