रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस सक्रमण

Posted on: 01 May, 2020

वैशाख १९, काठमाडौँ (रासस/सिन्ह्वा) | रसियामा गत २४ घण्टामा  ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।  

 यससँगै  शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । 

विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!