उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

Posted on: 02 May, 2020

वैशाख २०, काठमाडौँ (रासस/एएनआई) | उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । 

स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उहाँ शनिबार सार्वजनिक हुनुभएको हो । 

दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक हुनुभएको थिएन ।

उहाँ दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी हुनुभएको थियो । यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।


उहाँका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उहाँको अनुपस्थितिलाई आधार मानेर उहाँलाई अस्वस्थ भएको दावी गरिएको थियो ।

उहाँको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाउनु भएको थियो । 

उहाँले किम आफ्नो मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!