'मेरो मृत्यु भएको भए के गर्ने भन्ने योजना बनेको थियो' - ब्रिटेनका प्रधानमन्त्री

Posted on: 04 May, 2020

वैशाख २२, काठमाडौँ (बिबिसीको सहयोगमा) | ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा "आकस्मिक योजनाहरू" बनाइएको खुलासा गरेका छन् । 

यसअघि उनि कोभिड-१९ बाट गम्भीर बिरामी परेका थिए । अहिले उनि कोरोनाबाट निको भएर नियमित काममा फर्किसकेका छन् । 

"यो त्यति बेलाको कुरा हो जति बेला...उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए," उनले भने । उनले भने "यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ," 'सन' पत्रिकाले उनलाई उद्धृत गरेको छ ।

उनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताएका छन् । 

जोनसनका अनुसार उनलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।

उनले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिए। उनले भने "म यसबारे भावुक हुन्छु...तर त्यो असाधारण कुरा थियो।" 

गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

"केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो," उनले भने। कोरोनाभाइरसको सङ्क्रमण कति गम्भीर रोग हो भन्ने विषलाई व्याख्या गर्दै उनले भने, "मेरो नाक फुटिसकेको छ। औँला, नाडी र करङ पनि भाँच्चिसकेको छ। लगभग सबै कुरा भाँच्चिएको छ। कुनैकुनै अङ्ग त धेरै पटक भाँच्चिएको छ।"

"तर मैले कहिल्यै पनि यति गम्भीर परिस्थिति भोगेको थिइनँ।" 

अस्पतालमा बिताएको समयले आफूलाई अरू मानिसहरू यो रोगबाट पीडित नहोऊन् र यूकेलाई "फेरि स्वस्थ" बनाउन सकियोस् भनेर प्रेरित गरेको जोनसनले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!