भारतमा कोरोनाभाइरसबाट ४६ हजार संक्रमित

Posted on: 05 May, 2020

वैशाख २३, नयाँदिल्ली (रासस–एएनआई) | कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ । 

भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ । 

मन्त्रालयका अनुसार १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् । 

भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!