भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

Posted on: 23 May, 2020

जेठ १०, नयाँदिल्ली (रासस–एएनआई) | भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१  पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!