डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

Posted on: 30 May, 2020

जेठ १७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर तर ऊ असफल भएको भन्दै शुक्रबारदेखिनै अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं, भनेको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

अमेरिकाले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप लगाउदै आएको छ । ट्रंपले कम आर्थिक सहयोग दिने चीनको नियन्त्रणमा डब्ल्यूएचओ रहेको भन्दै अमेरिकाले सपोर्ट बन्द गरेको घोषणा गरे । 

ट्रम्पले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ चीनले सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप लगाएका छन् । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!