दिल्लीका मुख्यमन्त्री केजरीवालको कोभिड–१९ परीक्षण

Posted on: 09 Jun, 2020

जेठ २७, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन भएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि  सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । उनि कोरोना संक्रमणको आशंकासंगै समुदायबाट अलग बसेका थिए । 

आइतबार दिउसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित तथा रद्द गरेका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!