बलिवुड अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या, आफ्नै घरमा झुण्डिए

Posted on: 14 Jun, 2020

जेठ ३२, काठमाडौँ | बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्  उनि ३४ बर्षका थिए । सुशान्त बलीवुडका निकै लोकप्रिय एक्टर थिए । भारतीय संचार माध्यमहरुका अनुसार, सुशान्त झुन्डिएको अवस्थामा उनका केहि साथीहरु समेत उनकै घरमै थिए ।


उनको कोठाको ढोका जब तोडिए, तब कोठामा सुशान्त झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार, उनि पछिल्लो छ महिनादेखि डिप्रेशनबाट गुज्रीरहेका थिए । 

उनले आफ्नो करियरको शुरुआत टेलिभिजन एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबैभन्दा पहिले 'किस देश में है मेरा दिल' नामका धारावाहिक टेलीचलचित्रमा काम गरेका थिए । तर उनको चर्चा एकता कपूरका धारावाहिक पवित्र रिश्ताबाट सुरु भएको थियो । 

त्यसपछि उनको फिल्मी यात्रा सुरु गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!