भारत र चीनका सेनाबीच झडपः २० भारतीय सेनाको मृत्यु

Posted on: 16 Jun, 2020

असार २, काठमाडौँ (एजेन्सी) | भारत र चीनको सीमानामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर सहित २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा समाचार छ । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा उक्त झडप भएको हो । 

यो क्षेत्रमा भारत र पाकिस्तानबीच पछिल्लो ४१ दिनदेखि तनाव चलिरहेको छ । तनाव कम गर्न छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन । 

त्यस्तै चीन तर्फका पनि ३ देखि ५ जना सैनिक मारिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!