चीन–भारत झडप: अमेरिकाले दियो प्रतिक्रिया

Posted on: 19 Jun, 2020

असार ५, काठमाडौं । चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अमेरिकाले सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गरेको जनाएको छ । 

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन । 

भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस गरिरहेको बीबीसीले जनाएको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए ।

उक्त वैठकमा अमेरिका र चीन दुवै देशले आपसी तनावलाई थप बढ्न नदिन चाहेको बुझिएको छ । यांगले चीनको आन्तरिक मामिला भएको भन्दै अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन् । 

उक्त वैठकमा पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेला छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!