तीन दिनपछि चीनले भारतका दुई मेजर सहित १० सैनिकलाई रिहाई गर्यो

Posted on: 19 Jun, 2020

असार ५, काठमाडौँ | लद्दाखको गलवानमा १५ जूनमा भारत र चीनका सैनिकका बीच भएको झडपमा शुक्रवार नयाँ खुलाशा भएको छ । संचार माध्यमहरुका अनुसार, चीनका सेनाले भारतका १० जवानलाई बन्धक बनाएको खुलेको छ । बिहिबार चीन-भारत छलफलपछि उनीहरुलाई रिहा गरिएको छ । तर, एस विषयमा भारतीय सेनाले आधिकारिक जानकारी दिएको छैन । 

गलवान घाटीमा सोमवार राति भारत र चीनका सैनिक बीच भएको झडपमा भारतका २० सैनिकको मृत्य भएको थियो । चीनका पनि केहि सैनिक मारिएको भारतको दावी छ तर आधिकारिक पुष्टि भएको छैन । भारतको दावी अनुसार उक्त झडपमा चीनका यूनिट कमान्डिङ अफिसरको समेत मृत्यु भएको छ । 

गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा घाइते मध्ये कोहि पनि भारतीय सैनिक गम्भीर छैनन् । भारतीय समाचार एजेन्सी एएनआईले सेनाको सूत्रलाई उद्रिद गर्दै उक्त जानकारी दिएका छन् । उक्त सूत्रका अनुसार १८ सैनिक जवान लेह र ५८ सैनिक अर्को अस्पतालमा भर्ना गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरु केहि दिनमै काममा फर्कनेछन् । 

भारतीय सेनाले कुनै सैनिक बेपत्ता नभएको समेत जनाएको थियो । चीन र भारतका मेजर जनरलले गलवान विवादलाई समाधान गर्नको लागि बिहिबार लगातार तेश्रो दिनसम्म बैठक बसेका थिए । यो वैठक करीब ६ घण्टासम्म चलेको थियो । यो बैठक गलवान घाटीका नजिक भएको थियो । उक्त वैठकमा कुन विषयमा कुराकानी भयो भन्ने बारे जानकारी दिईएको छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!