विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १० लाख नाघ्यो, कुन महादेशमा कति संक्रमित ?

Posted on: 14 Aug, 2020

साउन ३०, जेनेभा। (रासस/एएफपी)। विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । 

संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ । 

युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ ।  ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!