अक्सफोर्डले तयार पार्दै गरेको भ्याक्सिनको ट्रायलमा धक्का

Posted on: 09 Sep, 2020

भदौ २४, काठमाडौँ | कोरोना भाइरसविरुद्ध जित हाँसिल गर्न बन्दै गरेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायलनै रोक्नुपर्यो ।

मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको अवस्थामा भ्याक्सिन प्रयोग भएको व्यक्ति बिरामी परेपछि भ्याक्सिन निर्माणको काम रोकिएको छ ।

यतिबेला संसारभरी करिब एक दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् ।

यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । 


भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन् र यसमा कतिपय अवस्थामा त थुप्रै वर्ष लाग्न सक्छ ।

कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस समावेश छन् । अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने, 'ठूला ट्रायलमा बिरामी हुने पूर्ण आशंका छ तर यसको ध्यानपूर्वक परीक्षण गर्नका लागि यसको स्वतन्त्र पुनर्परीक्षणको अत्यावश्यक छ ।' 

अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको भ्याक्सिनको ट्रायल दोस्रो पटक रोकिएको हो । ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा हो र जब परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गर्दछ ।

केही दिन पछि ट्रायल पुनः सुरु हुने अनुमान गरिएको छ ।

स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!