संक्रमित बढेपछि स्पेनमा कर्फ्यु र आपतकाल घोषणा

Posted on: 26 Oct, 2020

कात्तिक १०, एजेन्सी | कोरोना संक्रमण बढेपछि स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभयो ।


उहाँले कर्फ्यू आजै रातिदेखि लागू हुने जानकारी दिनुभएको छ । पहिलो लहरमा कोरोना सङ्क्रमण फैलिएको बेलामा स्पेनमा लकडाउन घोषणा भएपछि सङ्क्रमित सँगै ज्यान गुमाउनेको संख्यामा कमि आएको थियो । अहिले फेरि सङ्क्रमण फैलने दर तीब्र रुपमा बढेको भन्दै रोकथामको लागि रात्रिकालिन कर्फ्यू लगाइएको हो ।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!