पछिल्लो २४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमित, ७८ हजार बढी गम्भीर

Posted on: 27 Oct, 2020

कात्तिक ११, काठमाडौं | कोरोना महामारीका कारण विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । हालसम्म विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या कुल ३ करोड २१ लाख नाघेको छ । 

त्यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ । हालसम्म कोरोना महामारीको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा मात्र संक्रमित भएकाहरुको संख्या ८९ लाख ५९ हजारभन्दा बढीमा रहेको छ ।

त्यस्तै अमेरिकापछि धेरै संक्रमित हुनेहरुको सूचीमा दोश्रो स्थानमा भारत रहेको छ । भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । त्यसपछि तेश्रो स्थानमा ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!