ट्रम्पले भने- कोरोनाबाट भईरहेको मृत्युले डाक्टरहरुलाई फाईदा भईरहेको छ, म व्हाइट हाउसमै रहन्छु

Posted on: 31 Oct, 2020

कात्तिक १५, एजेन्सी | अमेरिकामा राष्ट्रपति चुनाव अब मात्र तीन दिन बाकी छ । यसै बीच कोरोना भाईरसको संक्रमणको घटना तीब्र रुपमा फैलिरहेको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले पनि कोरोना महामारीको कुरामा चिन्तित र गम्भीर छैनन । यति मात्र होइन, अब त कोरोना महामारीको कुरालाई लिएर ट्रंपले डाक्टरहरुलाई समेत आरोप लगाउन थालेका छन् ।

मिशिगनको एक र्यालीमा ट्रम्पले भने कि कोरोना भाइरसबाट भईरहेको मृत्युबाट डाक्टरलाई फाइदा भईरहेको छ । ट्रम्पले आफ्ना समर्थकहरुलाई भरोसा दिदै भने 'म व्हाइट हाउसमै रहनेछु ।'

मिशिगनको र्यालीमा फक्स न्यूजकि होस्ट लाउरा इन्ग्राम पनि सामेल भएकी थिइन । उनले मास्क लगाएकि थिइन् । ट्रम्पले उनलाई हेर्दै भने 'तपाइले नैतिक तरिकाले हेर्दा बिल्कुल सही काम गर्दै हुनुहुन्छ ।' ट्रम्पले डेमोक्रेटिक राज्य सरकार वाला राज्य र राज्यका गवर्नर्सलाई निशाना बनाउदै भने- 'तपाइँहरुलाई डराईएको छ । जहाँ हेर्यो सिर्फ लकडाउन र प्रतिबन्धको कुरा भईरहेको छ । के यसरी हामी महामारीको सामना गर्छौं ? देश र मानिसलाई घरमा कैद गराएर के महामारी सकिन्छ ? यसको सामना गर्नुपर्छ ।' मुख्य कुरा यो छ कि ट्रम्पको उक्त र्यालीमा शामिल भएका हजारौं मानिस मध्ये अधिकांस मानिसले मास्क लगाएका थिएनन् ।

ट्रम्प र उनका सहयोगीहरुले पनि मास्क लगाएका थिएनन् । साथै त्यसको र्यालीका क्रममा सामाजिक दुरी समेत पालना गरिएको थिएन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!