भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

Posted on: 01 Nov, 2020

कार्त्तिक १६, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । 

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

 भारतभरी हाल पाँच लाख ७० हजार ४५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सब भन्दा  प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २४ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १५ लाख १० हजार ३३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार ९११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार २९७ जना सक्रिय संक्रमित रहेका र ३ लाख ४० हजार ३२४ जना कोरोना मुक्त भएका छन् । एक  हजार ४८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिल नाडूमा २२ हजार १६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार ७१९ जना सक्रिय संक्रमित रहेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!