अमेरिकी राष्ट्रपति चुनाव २०२० : कहिले आउँछ परिणाम ?

Posted on: 03 Nov, 2020

कार्तिक १८, एजेन्सी | अमेरिकी राष्ट्रपति चुनाव ३ नोभेम्बर अर्थात आज भइरहेको छ | आजको निर्वाचनले ह्वाइट हाउसमा डोनल्ड ट्रम्प टिकिरहनेछन् वा अब जो बाइडेन राष्ट्रपति  बन्ने कुराको निश्चित हुनेछ | नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको छ | स्थानीय समय अनुसार मंगलबार विहान स्थान अनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ |

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको बताइएको छ | नेपाल र अमेरिकामा लगभग १२ घण्टाको अन्तर छ त्यसैले अमेरिकामा बिहान मतदान सुरु हुनेछ तर नेपालमा मंगलबार बेलुका भइसकेको हुनेछ |

अमेरिकामा मतदान समाप्त हुँदा नेपालमा बुधबार हुनेछ | यो बर्ष कोरोना महामारीका कारण यस पटक त्यहाँ धेरैजसो मतदाताले पहिले नै मतदान गरिसकेका छन् | त्यसकारण मतगणनामा ढिलाई हुनसक्ने अधिकारीहरुले बताएका छन् |

अमेरिकाको अलग–अगल राज्यमा मतदानको अलग–अलग समय छ | सोहि अनुसार मतदान समाप्त भएपछि अलग–अलग राज्यमा मतगणना सुरु गरिन्छ |  मतदान भएको राती मतगणना समाप्त नभएपनि बिजेता को हुने भन्ने निश्चित रुपमा थाहा हुन्छ | तर मतको गन्ती समाप्त भइसक्दैन त्यसपछि यसलाई प्रोजेक्सन वा रुझान मात्रै भनिन्छ |

यो वर्ष कोरोना महामारीका कारण पहिलेको तुलनामा धेरै मानिसहरुले पहिले नै वा त डाकबाट वा आफैं गएर मतदान गरिसकेका छन् | डाकबाट हालिएको पोस्टल मतको गन्तीमा धेरै समय लाग्छ किनभने त्यसमा मतदाताको पहिचान गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ |

फ्लोरिडा र ओहायोजस्ता केही राज्यमा पहिचानको यो प्रक्रिया थुप्रै हप्ता अघि सुसरु हुन्छ त्यसैले त्यहाँ पोस्टल मतको गन्ती मतदानलगत्तै सुरु हुन्छ र को जितिरहेको छ भने थाहा हुन्छ । तर पेन्सिल्वेनिया र विस्कोन्सिनजस्ता राज्यमा मतदानको दिन अघि जाँच प्रक्रिया सुरु गर्ने अनुमति हुँदैन ।

यस्तोमा यी राज्य नतिजाका लागि महत्वपूर्ण हुन्छन् र यसपटक चुनाव अधिकारीले भनिसकेका छन् कि मतको गन्तीमा थुप्रै दिन लाग्न सक्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!