विवाहको बस दुर्घटनामा २६ को मृत्यु

Posted on: 31 Jul, 2016

साउन १६ , इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । 

उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो सङ्ख्या २६ पुगेको हो । 

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा विवाह समारोहका ३० पाहुना सवार रहेका यो गाडी बाढीमा पर्न गई बगाएको समा समाचार संस्थाले जानकारी दिएको थियो । 

सो दुर्घटनामा १८ बालबालिका छ महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ । अन्य तीन पुरुष घाइते भएका र एक व्यक्ति अझै वेपत्ता रहेको जनाइएको छ । 

दुहला समूहको विवाह भोजमा सहभागि भएर बारा क्षेत्रबाट बजार जखाखेल क्षेत्रमा गइरेहेको सो गाडी बाढीको भेलमा पर्नगई दुर्घटनाग्रस्त भएको थियो । 

अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा भएको यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारजन र घाइतेलाई पकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गहिरो दुःख र शोक प्रकट गर्नुभएको छ । 

त्यसैगरी प्रधानमन्त्रीले राष्ट्रिय प्रकोप व्यवस्थान निकाय (एनडीएमए)का अधिकारीलाई घाइतेहरुलाई प्रभावकारी उपचार गराउन लागि आदेश दिनुभएको छ । 

एनडीएमएका अनुसार पाकिस्तानमा जारी भारी वर्षाको कारण भएका छट्टाछुट्टै घटनामा यसै जुलाई महिनामा मात्र ५५ को मृत्यु हुनुको साथै ३५ घाइते भएका छन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!