अमेरिकामा डोनल्ड ट्रम्पको समर्थनमा प्रदर्शन

Posted on: 15 Nov, 2020

कार्तिक ३०, काठमाडौँ | अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा प्रदर्शन गरेका छन् | डिसेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्पले बताउँदै आएका छन् | उनको समर्थनमा उत्रिएका प्रदर्शनकारी र विपक्षीबीच वाशिङ्टनमा झडप भएको छ |

प्रदर्शनमा भएको  मूठभेडमा परि एक जना लाई छुरा हानिएको बिबिसीले जनाएको छ | ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरू सहभागी रहेको बताइएको छ | त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर सहभागी भएका हुन् |

राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् | उनले हालसम्म राष्ट्रपतिको निर्वाचनमा हार समेत स्वीकारेका छैनन् | उनले चुनावमा धाँधली भएको दाबि गरेपनि निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन् |

ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!