डुबेकी चिनियाँ युवतीलाई बचाउन नदीमा हाम फालेका बेलायती कूटनीतिज्ञको भिडिओ भाइरल

Posted on: 17 Nov, 2020

मङ्सिर २, काठमाडौं (एजेन्सी)। बेलायत र चीनमा अहिले एउटा भिडिओ भाइरल भएको छ। उक्त भिडिओमा चिप्लिएर नदीमा डुबेकी एक जना युवतीलाई जोगाउन एक जना पुरूष नदीमा हाम फालेका छन्। 

घटना गत शनिबारको  हो। दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा मानिसहरू घुमघाम गरिरहेका थिए। त्यही क्रममा एक जना २४ वर्षीया युवती ढुंगामा चिप्लिएर नदीमा खसिन्। उनी खसेको भन्दा अलिकति तल सानो पुल छ। उनी डुबेर त्यही पुलभन्दा तल पुगिन्। त्यतिञ्जेल उनलाई बचाउन कोही तयार भएनन्। केहीबेरमा एक जना पुरूषले जुत्ता फुकाले र नदीमा हाम फाले। 

बेलायती कूटनीतिज्ञ स्टेफन एलिसन। फाइल तस्बिर।

ती ६२ वर्षीय पुरुष चिनियाँ नागरिक थिएनन्। उनी त चोङछिङका लागि बेलायती महावाणिज्यदूत  स्टेफन एलिसन थिए। एलिसनले पौडेर ती युवतीलाई  समाते। अनि कसैले फालेको रातो बेल्टको सहाराले उनलाई नदीबाट बाहिर निकाले। त्यतिञ्जेल उनलाई अरूलाई पनि सहयोग गरेका थिए। 

एलिसनले आफ्नै ज्यानलाई जोखिममा राखेर गरेको यो उद्धारको त्यहाँ उपस्थितले भिडिओ खिचेका थिए। अहिले त्यही भिडिओ दुबै देशका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

We are all immensely proud of our Chongqing Consul General, Stephen Ellison, who dived into a river on Saturday to rescue a drowning student and swim her to safety. pic.twitter.com/OOgXqsK5oe

चिनियाँहरूले बेलायती कूटनीतिज्ञको उक्त साहसिक र मानवीय कामको तारिफ गरेका छन्। लन्डन र बेइजिङस्थित दुबै देशका कूटनीतिक नियोगले एलिसनलाई धन्यवाद दिएका छन्। बेलायतस्थित चिनियाँ राजदूत लिउ सियाओमिङले भनेका छन्- चोङछिङका लागि बेलायती महावाणिज्यदूत स्टेफन एलिसनलाई सलाम छ! उनको नाम चोङछिङमा मात्र होइन पुरै चीनभरि सम्झिइनेछ। उनको बहादुरी र दयालुपनबारे लामो समयसम्म चीन-बेलायत मित्रतामा उद्धरण गरिनेछ।

एलिसनले उद्धार गरेकी युवती अहिले निको भइरहेकी छन्। ती युवतीले एलिसनलाई धन्यवाद दिँदै अर्को साता आफ्नो घरमा खानाका लागि निम्तो दिएको बेलायती पत्रिका द गार्डियनले उल्लेख गरेको छ। बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लगाएपछि र बेलायतमा चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई फाइभ जी सेवामा प्रतिबन्ध गरिएपछि बेलायत-चीन सम्बन्ध चिसिएको छ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

https://twitter.com/i/status/1328309479595798530

यस बिषयमा तपाइको प्रतिक्रिया...!