विश्वलाई रेडक्रसको चेतावनी :कोरोना भाइरस भन्दा जलवायु परिवर्तन खतरानाक

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौँ | विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको छ | उक्त महामारी समाधानका लागि विश्वले अहिले जति संकट सामना गर्नु परेको छ त्योभन्दा बढी जलवायु परिवर्तनको खतरा रहेको रेडक्रसले चेतावनी दिएको छ |

कोभिड १९ बाट भन्दा जलवायु परिवर्तनको असरबाट विश्वलाई धेरै खतरा रहेको रेडक्रसको निष्कर्ष छ | कोरोना महामारीको चरम चपेटामा पनि जलवायु परिवर्तनले भयावह रुप लिइरहेको बताउँदै रेडक्रस र रेड क्रिसेन्ट सोसाइटकीको अन्तर्राष्ट्रिय संघ (आईएफआरसी) ले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै यो कोरोना भन्दा धेरै खतरनाक भएको बताएको हो |

१९६० को दशकपछि हरेक वर्ष विश्वलाई नै प्रभावित पार्ने १ सय भन्दा धेरै ठूला विपत्ती आएको र ति अधिकांश जलवायु परिवर्तन सम्बन्धी नै रहेका छन् |

‘विश्वमा हाल कोरोनाको महामारी छ,हाम्रा परिवार, साथीभाइहरु र आफन्तहरुलाई नै असर पुर्याइरहेको छ । यो विश्वले भोगेको धेरै धेरै गम्भीर संकट हो । तर जलवायु परिवर्तनले मानव जीवन र पृथ्वीमा यसभन्दा पनि धेरै ठूलो र दिर्घकालिन असर पुर्याउनेछ, एक रिपोर्टमा उल्लेख गरिएको छ |

आईएफआरसीका अधिकारीहरुले कोरोना बिरुद्धको खोप भएपनि जलवायु परिवर्तनको कुनै खोप नभएको बताएका छन् | जलवायु परिवर्तनका लागि दिगो लगानीको आवश्यकता पर्ने रेडक्रसको भनाई छ |

जलवायु परिवर्तन सम्बन्धी विपदले गर्दा पछिल्लो दशकमा मात्रै ४ लाख १० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ | रेडक्रसले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!