वुहानको रिपोर्टिङ गर्दा चिनियाँ पत्रकारलाई पाँच बर्षको जेल सजाय

Posted on: 17 Nov, 2020

मङ्सिर २, काठमाडौँ | कोरोना भाइरसको प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारलाई पाँच वर्षको जेल सजाय भोग्नुपरेको खुलाशा भएको छ । कोरोना भाइरसको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो ।

गत मे महिनामा पक्राउ परेका ति पत्रकार ३७ वर्षीया झाङ्ग झान (पहिले वकालत गर्ने) लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । 

उनीमाथि 'विवाद उठाउने र भड्काउने' आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।

फेब्रुअरीमा कम्तीमा तीन जना हराएका थिए । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो । त्यस्तै बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै थाहा छैन । 

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!