उत्तरप्रदेशमा विवाहबाट फर्किँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौँ | विवाहबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा विवाहबाट फर्किरहेको जिप दुर्घटना हुँदा  ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो |

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जनाइएको छ । बिहीबार राति भउको सो दुर्घटनामा चालककोपनि मृत्यु भएको बताइएको छ । 

चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!