ट्रम्पमाथि बाइडेनले लगाए यस्तो आरोप

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौं | अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेबार राष्ट्रपति भएको आरोप लगाएका छन् | ट्रम्पले आफू चुनाव नजित्ने थाहा हुँदा हुँदै पनि आश्चर्यरुपमा गैरजिम्मेवार देखाएको बाइडेनको भनाइ छ |

ट्रम्पले चुनावमा हार स्वीकार नगर्नुले  एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको उनको टिप्पणी छ | “ट्रम्पले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्।’ बाइडेनले भने। ‘उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।’ 

राष्ट्रपति ट्रम्पले हाल सम्म चुनावमा हार स्वीकार गरेका छैनन | उनले  विभिन्न राज्यमा मत परिणामविरुद्ध मुद्दा हालेका छन् | कोरोनाभाइरस सङ्कटबारे डेमोक्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकपछि बोल्दै बाइडेनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!