ट्रम्पका छोरालाई कोरोना संक्रमण पुष्टि

Posted on: 21 Nov, 2020

मंसिर ६, काठमाडौं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण भएको छ | बीबीसीका अनुसार,४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर आफ्नो क्याबिनमा क्वारेन्टिनमा रहेका छन् | उनले कोभिड प्रोटोकल सबै पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको जनाइएको छ |

गत शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यु ज्यूलियानीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ज्यूलियानी ट्रम्पको निजी अधिवक्ता रुडी ज्यूलियानीको छोरा हुन् | ह्वाइटहाउसमा कम्तिमा चार जनालाई कोरोना संक्रमण देखिएको संचार माध्यमले जनाएका छन् | यसअघि ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोज र अन्य सहायकलाई पनि कोरोना संक्रमण देखिएको थियो |

उनकी श्रीमती किम्बर्ली गिलफोयलमा कोरोना संक्रमण छ कि छैन भन्नेबारे पनि खुलिसकेको छैन । यसअघि गत जुलाई महिनामा किम्बर्ली कोरोना संक्रमित भएकी थिइन् र उपचारपछि उनी पूर्णरुपमा निको भएकी थिइन् । त्यतिबेला ट्रम्प जुनियरलाई भने कोरोना संक्रमण देखिएको थिएन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!