काबुलमा रकेट आक्रमण ८ जनाको मृत्यु

Posted on: 22 Nov, 2020

मंसिर ७, एजेन्सी । अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ | अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् |

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!